हिमाल दैनिक
माइतीघर मण्डलामा सकेट बम
1541922136Maitighar
काठमाडौं- काठमाडौंको माइतीघर मण्डलामा सकेट बम भेटिएको छ। माइतीघर मण्डलास्थित सेन्ट जेभिएर्स कलेज अगाडि शंकास्पद बस्तु फेला परेपछि प्रहरीले उक्त स्थानमा घेरा हालेको थियो। शंकास्पद वस्तु सकेट बम रहेको प्रहरीले जनाएको छ। उक्त सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टिमले बिहान ७:१५ मा  सुरक्षित साथ डिस्पोज गरेको छ। बम कसले र किन राखेको भन्ने नखुलेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update