हिमाल दैनिक
नेपाल तरुण दल सूर्यविनायक–१० एकाइ समितिको अधिवेशन सम्पन्न भएको छ । भक्तपुरको जोरपाटीमा आज सम्पन्न सो वडाको पहिलो अधिवेशनबाट पारसमणि पाकुरको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा नितेश देउजा, उपाध्यक्षमा रामभक्त कार्की, सचिवमा विवेकबहादुर बस्नेत, सहसचिवमा करण खड्का र कोषाध्यक्षमा विभूषण नगरकोटीलाई चयन गरिएको छ । अधिवेशनको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले गर्नुभएको थियो । उहाँले सङ्घीयतालाई उपयोग गर्दै एकदलीय कम्युनिष्ट शासन व्यवस्था स्थापना गर्न खोजेको आरोप लगाउनुभयो । कार्यक्रममा काङ्ग्रेस नेता कञ्चनचन्द्र बादे श्रेष्ठ, काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update