निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानहरुमा आउँदो मंसिर १४ गते गर्ने तय भएको छ। निर्वाचन आयोगले २०७४ सालमा संम्पन प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा विभिन्न कारणले रिक्त स्थानहरुमा आउदो मंसिर १४ गते शनिबारका दिन एकाइ साथ उपनिर्वाचनको मिति तोकेको छ।
बिभिन्न ३७ जिल्लामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानमा उपनिर्वाचन गराउने विषयमा बिहीबार निर्वाचन आयोगले बिहिबार गरेको सर्वदलीय छलफलमा दलका प्रतिनिधिहरुले मंसिरमै उपनिर्वाचन सम्पन्न गर्न सुझाव दिएका थिए ।
आयोगका अनुसार उपमहानगर पालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगर वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरी ५० पदका लागि उपनिर्वाचन हुनेछ। मिति तोकिएसँगै आयोग उपनिर्वाचनका लागि तयारीमा जुटेको छ।
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय