हिमाल दैनिक
प्रधानमन्त्री ओलीले ताप्लेजुङबासीलाई दिएको वाचा आज पुरा
paryetanmantri
संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । [caption id="attachment_67636" align="alignleft" width="345"] प्रधानमन्त्री केपी शर्मा ओली बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उ•यनमन्त्री योगेशकुुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथपछि बधाई तथा शुुभकामना दिँदै । तस्बिरःरोशन सापकोटा[/caption] भट्टराइलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारी दिएका हुन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको स्थानमा भट्टराईले जिम्मेवारी पाएका हुन् । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भट्टराईले बुधबार नै पद तथा गोपनियकताको सपथ लिनुका साथै कार्यभार समेत सम्हाएका छन् । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।   सपथ लगतै उनि सिंहदरबार पुगी जिम्मेवारी सम्हालएका थिए । जिम्मेवारी सम्हाल्नुअघि मन्त्री योगेशलाई राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत गरेका थिए । कार्यभार सम्हाल्दै मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताए। उनले नेपालमा पर्यटन क्षेत्रको बिकासका लागी आफुले भ्रमण बर्षलाई बिशेष ध्यान दिने, बिमानस्थलको स्तरोन्नती गर्ने लगाएतका बिषयमा ध्यान दिने पनि बताए। [caption id="attachment_67638" align="alignright" width="350"] राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै । तस्बिरःरोशन सापकोटा[/caption] तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए । भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य छन् । चुनाव प्रचारमा जाँदा नै ओलीले भट्टराईलाई चुनाव जिताए मन्त्री बनाउने बताएका थिए । सुरुवाती मन्त्रिपरिषद् विस्तारहरुमा भट्टराई नपर्दा ओलीको आलोचनासमेत भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update