हिमाल दैनिक
नेकपामा बिभागको टुंगो आज पनि लागेन
nekapa sachibalay
एकता सम्बन्धी बाँकी काम टुंग्याउनका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक निष्कर्षबिहिन भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको बैठकमा बिभिन्न बिभागको नेतृत्वको बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेपछि बैठक १५ दिनपछि बस्ने गरी बैठक सकिएको हो । सोमबारको बैठकमा राष्ट्रिय परिषद्, सल्लाहकार समिति, केन्द्रिय बिभाग, जनवर्गीय संगठन लगाएको एकीकरण जिम्मेवारी निर्धारण र केन्द्रिय समिति सदस्यहरुको कार्यबिभाजनका बारेमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। एकताका बाकी कामका लागी सबैसंग सुझाव संकलन गरेर प्रस्ताव ल्याउने गरि बैठक स्थगीत गरिएको उनले बताए । त्यस्तै यसवीचमा केन्द्रीय निकायहरुमा आकांक्षीका नाम संकलन लगायतका काम हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए। गत वर्ष जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । तीन महिनाभित्रै एकताका सबै काम टुंग्याउने बताइए पनि १५ महिना पुग्न लाग्दासमेत एकता सम्बन्धी सबै काम टुंगिन सकेको छैन । पछिल्लो पटक नेकपाले साउन ५ गते जिल्लाका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको थियो । सोही बैठकले ३२ केन्द्रीय विभागहरुको टुंगो लगाउने बताइए पनि स्कुल विभागमा भएको नेतृत्वको विवादका कारण थप निर्णय हुन सकेको छैन । आगामी सचिवालय बैठक साउन २८ गते ३ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update