गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डमा प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको जानकारी दिएका छन्।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको बैठकमा गृहमन्त्री थापाले पुराना सबै अनुसन्धानका विधि असफल भएपछि खाएपछि अहिले नयाँ सूत्र लगाएर भेटिएका नयाँ तथ्यहरु केलाउँदै अनुसन्धान चलिरहेको जानकारी दिएका हुन् ।
गृहमन्त्री थापाले २०७५ साउन १० गते गाउँमै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा प्रहरीको हिरासतमा २५ बसेर छुटेका दिलीपसिंह विष्टको नाम फेरि आउन थालेको बताए ।
मन्त्री थापाले कोही पनि हाइप्रोफाइललाई जोगाउन निर्मला प्रकरण नमोडिएको दाबी गरे । गृहमन्त्री थापाले यो प्रकरणमा सयौँ व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइएको भन्दै अहिलेसम्म भएका अनुसन्धानको प्रतिवेदन समितिलाई उपलव्ध गराए । उमले बाढीपिडित र अन्य विपतमा परेकालाई गृहमार्फत राहत र क्षतीपूर्ति वितरण हुने गरिएको र त्यसका लागी सिफारिस आवश्यक रहेको जानकारी दिए ।
मन्त्री थापाले सुरक्षानिकायको कामकारवाहीका बारेमा सरकारले निगरानी गरिरहेको भन्दै प्रहरीको व्यवसायिकता प्रदर्शन र कार्यसम्पादनका बारेमा पनि निगरानी भइरहेको बताए । बैठकमा समिति सदस्यहरुले मुलुकभरको सुरक्षा अवस्थाका बारेमा जानकारी माग गर्दै केहि घटनाका अपराधीहरु पक्राउ पर्न नसक्नुका बारेमा जिज्ञासा राखेका थिए । जवाफलमा गृहमन्त्री थापाले मुलुकभरको सुरक्षा व्यवस्था चूस्तदुरुस्त रहेको भन्दै केहि घटनामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय