हिमाल दैनिक
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचरौता नगरपालिका बारामा करार सेवामा कार्यरत नायब सुब्बा बद्रीबहादुर थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नायब सुब्बा थापाले महिला सशक्तिकरणसम्बन्धी अनुशिक्षण तालीम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा विभिन्न बहानामा रु १४ हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले घुस लिँदै गरेको अवस्थामा नासु थापालाई केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।रासस
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update