सामाजिक संजालहरुमा हुने विज्ञापनको पनि अब आधिकारिक स्रोत खोजिने भएको छ । आइतबार सिंहदरबारमा बसको विकास तथा प्रविधिसमिति बैठकमा विज्ञापन वोर्ड गठनसम्बन्धी विधेयक माथिको दफावार छलफलमा क्रममा पारित विधेयकका दफामा यस्ता व्यवस्था समेटिएको छ ।
विज्ञापन वोर्डलाई विज्ञापन उत्पादन, प्रकाशन तथा प्रशारणको पनि अनुगमन गर्न उसले आवश्यक ठान्दा विज्ञापन रोक्न सक्ने व्यवस्था गरिएको छ ।
आइतबार पारित वोर्डको काम, कर्तव्य र अधिकारसँग सम्बन्धित दफामा भ्रम वा उत्तेजना फैलाउने, अमर्यादित र भेदभावजन्य विज्ञापन प्रशारण भए नभएको अनुगमन गरी कारबाही गर्ने व्यवस्था छ ।
त्यस्तै विदेशी च्यानलहरुबाट प्रशारण हुने विज्ञापनहरु मापदण्ड विपरीत भए नभएको अनुगमन गरी कारबाहीका लागि मन्त्रालयलाई सिफारिस गर्ने व्यवस्था पनि समेटिएको छ । बैठकमा गठनसम्बन्धी विधेयकमा उल्लेखित अधिकांश विषय तोके बमोजिम हुने भन्ने विषयमा पनि सांसदहरुले स्पष्ट पार्न माग गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय