नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा अराजक घटनाहरु दिनहुँ घटिरहँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा कांग्रेस नेता गुरुराज घिमिरेको कथासंग्रह ‘मान्छेका कथाहरु’को विमोचन गर्दै उनले निर्मला पन्त हत्याकाण्डको दोषी पत्ता नलाग्नु, आपराधिक घटनाहरु नियन्त्रण नहुनुलाई सरकारको कमजोरीकारुपमा व्याख्या गरे।
उनले कर्मचारी भर्ना पनि अब भनसुनको अवस्था आएको भन्दै राज्यका अंगहरुमा सत्तारुढ दलले कब्जा गरी नियन्त्रणको दिशामा गएको भन्दै चिन्ता व्यक्त गरे।
समाजमा घटेका नकारात्मक र सकारात्मक बिषयलाई पुस्तकमा उत्तारको भन्दै सभापति देउवाले लेखक घिमिरेको प्रशंसा गरेका थिए।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरु साहित्यप्रेमी हुनु सुखद् पक्ष भएको भन्दै साहित्यको प्रभाव समाजमा सकारात्मक हुने जिकिर गरे।
घिमिरेको कथासंग्रहमा ‘पण्डित बा’, ‘प्रेमी गुमाएकी प्राध्यापक’ लगायत १३ ओटा कथाहरु समावेश छन्।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय