सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र कार्यविभाजन र जिम्मेवारी बाँडफाँटको रस्साकसी चलिरहेको बेला नेकपाका नेता योगेश भट्टराइले नेतृत्वलाई पाँच बुँदे सुझाव दिएका छन्।
बुधबार आफ्नो फेसबुकमार्फत नेता भट्टराइले कार्यविभाजन र जिम्मेवारी बाँडफाँटबारे नेतृत्वको ध्यानाकर्षण गरउँदै कुनै पनि व्यक्तिलाई उसको योग्यता, क्षमता र रुचिका आधारमा जिम्मेवारी दिन आग्रह गरेका छन्।
दोस्रो बुँदामा भट्टराइले कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवारी नदिन र हरेक वर्षमा सबैको जिम्मेवारी हेरफेर गर्न सुझाव दिएका छन्।
त्यसैगरी उनले पार्टीमा भूगोल, विभाग र फाँट गरी कामका तीन क्षेत्र रहेको बताउँदै पार्टीभित्र रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीनवटै क्षेत्रमा काम गर्ने अबसर दिन पनि नेतृत्वसमक्ष सुझाव दिएका छन्।
भट्टराइले चौथो बुँदामा प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई वैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाउन र हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरी त्यसको आधारमा पुरस्कृत र दण्डको परिपाटी बसाल्न प्रस्ताव गरेका छन्।
विगत लामो समयदेखि पार्टीभित्र केही नेताहरुले कतिपय जिम्मेवारी एकलौटी र एकाधिकार पाराले कब्जाजस्तै गरिरहेको प्रसंगप्रति लक्षित गर्दै उलने भनेका छन्, ‘कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होइन भन्ने कुरा बुझौँ र बुझाऔँँ।’
पूर्व एमाले र माओवादीबीचको एकता भएको एक वर्ष भन्दा बढि समय वितिसक्दा पनि नेतृत्वले जिम्मेवारी बाँडफाँट गरी पार्टीको गतिविधिलाई चलायमान बनाउन नसकिरहेको बेला पछिल्लो समय सचिवालय बैठकमा कार्यविभाजन र जिम्मेवारी बाँडफाँटबारे चर्को बहस चलिरहेको छ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय