नेपाल सरकारले लागू गरेको भिसिटिएस नीतिमा साझा पार्टी चासो लिएको छ।
सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै भिसिटिएस आपुर्ति क्षेत्रका उद्योग व्यवसायीको बिरोध प्रति पार्टीको ध्यानाकर्षण भएको बताइएको छ ।
पार्टीका अनुसार उद्योग व्यवसायको क्षेत्रमा लगानी प्रोत्साहन, व्यवसायको सुरक्षा, आकर्षक प्रतिफलको अवस्था सिर्जना, न्यायोचित, सहज र प्रभावकारी कर प्रणाली, आधुनिक प्रविधिको प्रयोग लगायतका कुराको नीतिगत र प्रकृयागत सुनिश्चितता गर्नु राज्यको दायित्व हो।
तर सरकारले हालै अवलम्बन गरेका नीतिहरू सैद्धान्तिक तहमा उपयुक्त देखिए पनि उद्योग व्यवसायीहरूले विरोधमा उत्रिने अवस्था सृजना हुनु सुखद कुरा नभएको बताएको छ।
कतिपय नीति कार्यान्वयन गर्न विद्यमान इन्टरनेट पूर्वाधारको अपर्याप्तता र अविश्वसनीयताले गर्दा आपुर्ति प्रणालीमा नै गम्भिर प्रतिकुल असर पर्न सक्ने उद्योग व्यवसाय क्षेत्रको चिन्ता प्रति सरकारले गम्भीरताका साथ सम्बोधन गर्नु पर्ने जोड दिएका छन् ।
पार्टीले लगानी, उत्पादकत्व र रोजगारी सिर्जनाको प्रमुख वाहक उद्योग व्यवसाय क्षेत्रको जायज मागहरू प्रति संवेदनशीलताका साथ सरकारले विचार गर्न सुझाएको छ।
उद्योग व्यवसाय क्षेत्रलाई पनि पार्टीले प्रभावकारी कर प्रणाली र व्यवहारिकताका आधारमा क्रमिक रुपमा आधुनिक प्रविधिको प्रयोगमा सरकारका नीति कार्यान्वयनमा सघाउन अनुरोध गरेको छ।
सरकारले लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) प्रति उद्योग व्यवसायीहरुले चर्को बिरोध गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय