हिमाल दैनिक
नेपाली कांग्रेसले देशभरीका लगभग ३१ सयम महाधिवेशन प्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण दिने भएको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमख तथा काग्रेसका उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा शनिबार बसेको प्रतिष्ठानको बैठकले ७ वटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम श्रावण १६ गतेदेखि संचालन गर्ने निर्णय गरेको जानकारी कांग्रेस कार्यालयले आइतबार जारी विज्ञप्तिमा जनाएको छ। यसैगरी प्रतिष्ठानले जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन गरेको छ। जसमा समिति सदस्यहरु आरजु राणा देउवा, हरिहर विरही, राजु नेपाल र प्रसिस महरा रहेका छन्। त्यसैगरी प्रतिष्ठानका सदस्य तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरेको छ जसमा भद्रा पराजुली भण्डारी र रामजी कंग्रेन सदस्य रहेका छन्। प्रतिष्ठानले खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति पनि गठन गरेको छ जसमा प्रभु बुढाथोकी, सुभाष पोखरेल, भद्रा पराजुली भण्डारी, कमला लामिछाने, भगिरथ पोद्धार र योगराज शर्मा कँडेल सदस्य रहेका छन्। यसैगरी कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। मिति भने उल्लेख गरिएको छैन।
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update