नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन् ।
नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा गजुरेलले यस्तो बताएका हुन्।
उनले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधामा रहेको पनि टिप्पणी गरे । गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोखे।
फरक प्रसँगमा उहाले नेपाल ईण्डो–प्यासिफिक स्ट्राटेजीमा सहभागी भैसकेको पनि बताए। मुलुकको अहिलेको व्यवस्था, संविधान र सरकारमाथि नै प्रश्नचिन्ह खडा भएको उनको भनाई छ । रासस
प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय