हिमाल दैनिक
सरकारले हिंसा त्यागेर निसर्त वार्तामा आउन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई आग्रह गरेको छ। मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एपं संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले हिंसा त्यागेर आउन तयार भएको अवस्थामा मात्र विप्लव नेतृत्वको नेकपासँग वार्ता हुने स्पष्ट अडान राखे। बास्कोटाले फेरि बन्दुक भिरेर जंगल पस्ने बाटो खोल्न वार्ता नगर्ने धारण पन िराखे। सरकार वार्ताका लागि तयार रहेको भन्दै उनले पक्राउ परेका मान्छे छाडेर फेरि बन्दुक भिर्न–भिराउन वार्ता नहुने अडान दोहोर्याए। विप्लवप्रति कडारुपमा प्रस्तुत भएका बाँस्कोटाले दुनियाँलाई भुलभुलैयामा पार्नैका लागि वार्ता नहुने स्पष्ट पारे। मन्त्री बाँस्कोटाले तराईमा अलग राज्य बनाउने अभियानमा हिँडेका सिके राउत मूलधारमा फर्किएझैँ फर्किने हो भने विप्लवसँग पनि वार्ता हुने बताए। https://www.facebook.com/himaldainik/videos/360311121347450/?t=11 त्यस्तै उनले सरकारले कुनै सूचना लुकाउन नखोजिएको दाबी गरे। मन्त्रिपरिषद्ले काठमाडौँ उपत्यकामा सञ्चालनका लागि ३ सयवटा बिजुली बस किन्ने निर्णय गरेको छ। ती बस किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेलाई तीन अर्ब रुपैयाँ सरकारको सेयर लगानीकारुपमा उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए। सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। सरकारले गैरकानुनी रुपमा बसिरहेका ५ जना श्रीलंकन नागरिकलाई निष्काशनको निर्णय पनि गरेको छ। बाँस्कोटाका अनुसार पाँच श्रीलंकन नागरिकलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरेर निष्काशित गरिएको हो।
प्रकाशित मिति: सोमबार, असार ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update