हिमाल दैनिक
सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार अपरान्ह बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढी पहिरो प्रभावित नागरिकलाई तत्काल उचित राहत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। बाढी पहिरोमा परी जीवन गुमाएका पीडितका परिवारदेखि घरवार विहिन भएका पीडितहरुका लागि विगतमा जस्तो यसपटक सरकारले उचित राहत उपलब्ध गराउने भनेपनि कुनै औपचारिक घोषणा गरेको छैन। राहत कोषबाट रकम अपुग भए सरकारले रकम थप गर्ने निर्णय समेत गरेको उनले बताए। त्यस्तै बैठकले घाइतेहरुको सम्पूर्ण उपचार सरकारले गर्ने निर्णय पनि गरेको छ भने यातायात सुचारु गर्न सबै निकायलाई तदारुकता देखाउन पनि निर्देशन दिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए। यसैगरी घाइतको उपचारका लागी स्वास्थ्यकर्मीहरुको टोली खटाउने निर्णय पनि बैठकले गरेको छ। बिहीबारदेखि निरन्तरुपमा भएको वर्षाका कारण देशभरबाट अहिलेसम्म ५१ जनाको ज्यान गएको र वर्षाका कारण सबैभन्दा बढी प्रदेश १, २ र ३ प्रभावित बनेको प्रवक्ता बास्कोटाले जानकारी दिए। बैठकले बाढी, पहिरो र डुबानपछिको अवस्थाका बारेमा सरकार गम्भीर रहेको भन्दै आवश्यक परे थप निर्णय गर्दै अघि बढ्ने जनाएको छ। बैठकले बाढी, पहिरो र डुबान ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त पनि गरेको छ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update