हिमाल दैनिक
त्रिविमा हुने अनियमिततामा संलग्नको अनुहार नहेरीने: प्रम ओली
RoS_Ktm20190710IMG_63661247
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा हुने वेथिति सरकारलाई सैहे नहुने बताएका छन् । त्रिभूवन विश्वविद्यालयको ६० औँ स्थापना दिवसका अवसरमा प्रधामन्त्री केपी शर्मामा ओलीले विश्वविद्यालयमा हुने कुनै पनि अनियमितता र वेथिती गर्ने जो सुकै भएपनि अनुहार नहेरीने बताएका हुन् । उनले विश्वविद्यालयमा अनियमितता हुन नहुने भन्दै केही घटना सार्वजनिक भएकाले दोषीलाई छुट नदिइने र सरकारले कारबाही गर्ने चेतावनी दिए । प्रधानमन्त्री ओलीले अनियमिततामा संलग्न भएकालाई अनुहार नहेरी कारवाहीको प्रक्रिया अगाडि बढाउन त्रिविलाई निर्देन दिए। प्रधानमन्त्री ओलीले देश निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रुपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा त्रिवि परिचित भएको बताए । कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिविले आफ्ना उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी, अनुसन्धानमुखी र उत्पादनमुखी बनाउन समयानुकुल पाठ्यक्रम निर्माण र परिमार्जन गर्दै आएको बताए । स्थापना दिवसकै अवसरमा उपकुलपति कार्यालयको नयाँ भवन समेत उद्घाटन गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update