हिमाल दैनिक
प्रदेश प्रहरी प्रमुखमा नेपाल प्रहरीको डिआइजी
rajysamiti
प्रदेश प्रहरी प्रमुखमा नेपाल प्रहरीको डिआइजीलाई पठाउने तयारी गरिएको छ। संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रदेश प्रहरी प्रमुखमा नेपाल प्रहरीको डिआइजीलाई पठाउने सहमति भएको छ । सांसद जनार्दन शर्माले केही दिन पहिले समितिमा राखेको प्रस्तावअनुसार गृहमन्त्रालय र कानुन मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले डिआइजीलाई प्रदेश प्रहरी प्रमुख पठाउने सहमति गरेर समितिमा औपचारिकरूपमा प्रस्ताव पेस गरेको थियो। उक्त प्रस्ताव समितिले सर्वसम्मतिले स्वीकार गरेको हो। प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्नसक्ने व्यवस्था गरिएको छ। त्यस्तै बैठकमा भोजपुरमा भएको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुह र नेपाल प्रहरीबीच भएको भिडन्तमा मृत्यु भएको विषयबारे सांसदहरुले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई सत्य तथ्य जानकारी गराउन माग गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update