हिमाल दैनिक
भोजपुर घटनाबारे गृहमन्त्री र प्रहरी महानिरीक्षकसंग कांग्रेसले माग्यो जबाब
rajy
भोजपुरमा भएको नेपाल कम्युनिष्ट पार्टी विप्लव समुह र नेपाल प्रहरीबीच भएको भिडन्तमा मृत्यु भएको विषयबारे सांसदहरुले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई सत्य तथ्य जानकारी गराउन माग गरेका छन् । संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रतिपक्ष दलका सांसदका संसादहरुले सत्यतथ्य सार्वजनिक गर्न माग गरेका हुन । बैठकमा नेपाली कांग्रेसका सांसद डा। डिला संग्रौला र दिलेन्द्र बडूले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले घटनाबारे सत्य तथ्य जानकारी दिन माग गरे। सांसदहरुले भोजपुर घटनाको सत्य तथ्य माग गरेपछि बैठमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई विप्लप समुहका कार्यकताले अचानक गोली प्रहर गरेपछि प्रहरीले नियन्त्रणमा लिने क्रममा विप्लवका कार्यकर्तालाई गोली लागेर मृत्यु भएको जानकारी दिए । उनले भने “प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र उनीहरुलाई नियन्त्रण गर्र्ने सन्दर्भमा प्रहरीबाट जवाफी फायर हुँदा विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईलाई पनि गोली लाग्न पुग्यो”, महानिरीक्षक खनालले उपचारका लागि अस्पताल लैजाने क्रममा दुवैको मृत्यु भएको बताए । बैठकमा विप्लव समुहका ओखलढुङ्गाका जिल्ला इन्चार्ज नीर कुमार राई र प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको महानिरीक्षक खनालले पुष्टि गरे ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update