नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक झण्डै सवा पाँच घण्टा ढिलो सुरु भएको छ।
पार्टीको संशोधित नियमावली मस्यौदा प्रतिवेदन लगायत एक दर्जन प्रस्तावहरुमाथि छलफलका लागि अपरान्ह २ बजे बोलाइएको बैठक साँझ ७ः१५ बजेतिर सुरु भएको छ।
बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारीहरुको अनौपचारिक बैठकमा नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक बस्न सकेको थिएन।
अहिले भर्खरै सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम नियमावली मस्यौदा समितिका संयोजक रमेश लेखकलाई आफ्नो समितिको प्रतिवेदन पेश गर्न समय दिने तयारी भइरहेको छ।
लेखकले नियमावली मस्यौदा प्रतिवेदन समितिका सदस्यहरुलाई वितरण गरी प्रतिवेदन पेश गरेपछि उक्त प्रतिवेदनमाथि अर्को बैठकमा छलफल हुने छ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय