हिमाल दैनिक
संंघीय संसदको महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि छलफल भएको छ । आइतबार समितिमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ को संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको हो । बैठकमा सदस्यहरुले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पारिश्रमिकको केही प्रतिशत ज्येष्ठ नागरिकका लागि छुट्याउनु पर्ने व्यवस्था गर्न समितिको ध्यानाकर्षण गरेका थिए । सांसदहरु दिव्यमणि राजभण्डारी, उमा रेग्मी, पुष्पा भुसाल, पार्वती कुमारी विशुन्के, विन्दा पाण्डेलगायतले समितिमा पेश गरेको संशोधनमा ज्येष्ठ नागरिकहरुको सामाजिक र स्वास्थ्य विमा, उपयुक्त काम गर्न पाउनुपर्ने व्यवस्थालगायत रहेको समिति सभापति निरुदेवी पालले बताईन । यसैगरि ज्येष्ठ नागरिक भन्नाले ७० वर्ष पुगेको सम्झनु पर्ने र अति वरिष्ठ ज्येष्ठ नागरिक भन्नाले ८० वर्ष र सो भन्दा बढी सम्झनुपर्ने संशोधनमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update