प्रधानमन्त्री केपी शर्र्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई नै माथ दिनेगरी सामाजिक सञ्जालमा ट्वीट गरेका छन्।
जुन सरकारको मातहतमा रहेका राज्यका विभिन्न निकायले सामाजिक सञ्जालमा व्यक्त विचारहरुलाई लिएर सर्वसाधारण व्यक्तिमाथि साइवर अपराधको मुद्दा चलाउने र दण्ड जरिवाना गर्ने कार्य भइरहेको छ त्यहि सरकारका प्रधानमन्त्रीको प्रमुख सल्लाहकार रिमालले समाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिले आइतबार नयाँ तरंग उत्पन्न गराएको छ।
खासगरी सरकारका कामकारबाहीको विषयमा आलोचना नगरी समर्थन र बचाउका लागि प्रधानमन्त्री ओलीले कहिले अरिंगाल बन्न त कहिले माहुरी बन्न र कहिले सिपाही बन्न नेता तथा कार्यकर्तालाई दिएको आदेशविपरित नेकपा नेता भीम रावल लगायत कपितय जिम्मेवार नेताहरुले समेत सार्वजनिक रुपमा आलोचना गर्न थालेपछि त्यसविरुद्ध रिमालले आइतबार बिहानै एउटा ट्वीट गरे।
उनले त्यसमा लेखेका छन्, ‘भनिन्छ, छौंडाहरु आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुःख दिन्छन्! यी छौंडाहरु आफैं चलमलाएका हुन् की कसैले छोडेको?’
नेपालको नयाँ कानूनले समेत बोक्सी शब्दलाई बन्देज लगाएको समयमा प्रधानमन्त्री ओलीका सल्लाहकार रिमालले त्यो शब्दलाई प्रयोग गरी साइबर अपराधको विषयसँगै कानूनको पनि उलंघन गरेका छन्।
पुरातन नेपाली समाजमा दुःखी, गरिब र असाहय महिलालाई बोक्सीको आरोप लगाउँने र उसले अरुलाई दुःख दिन आफ्ना सहयोगीका रुपमा बिरालोलाई ‘छौंडा’ बनाएर छाड्छन् भन्ने अन्धविश्वास रहेको छ।
जुन अन्धविश्वासको आधारमा अहिलेको कानूनले कसैलाई पनि बोक्सी भन्न पाइँदैन भने रिमालले सरकारको आलोचकलाई छौंडा भन्ने अधिकार कसले दियो, यो रहस्यको विषय बनेको छ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय