नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले लोकतन्त्र विरोधी काम गर्दै गए आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने बताएका छन्।
पार्टी नेता बलबहादुर राईको नवौं स्मृति दिवसका अवसरमा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्दै गएको भन्दै अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजे आन्दोलन गर्ने चेतावनी दिए।
प्रेस काउन्सिल, मानब अधिकार आयोग लगाएतका क्षेत्रमाथि सरकारले अंकुश लगाउन खाजेको भन्दै उनले लोकतन्त्र विरोधी विधेयक सरकारले फिर्ता लिनुपर्ने माग पनि गरे।
कांग्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि २००७ सालदेखि लड्दै आएको पार्टी भएको बताउँदै उनले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गर्दा विगतमा कांग्रेसले राणा, राजा र पञ्चायत हटाएको स्मरण गराए।
उनले जनताका अधिकार, न्यायालय, प्रेस, मानब अधिकार आयोगमाथि हस्तक्षेप नगर्न आग्रह पनि सरकार र त्यसको नेतृत्वलाई चेतावनीपूर्ण सुझाव दिए।
कार्यक्रममा काग्रेसका नेता डा मिनेन्द्र रिजाल लगाएतका नेताहरुले बलबहादुर राईको योगदानको चर्चा गरेका थिए।
ओखलढुंगाका पुराना कांग्रेस नेता जीवनको ८ दशक पार गर्दा पनि उहि जोस र उर्जाका साथ दोस्रो जनआन्दोलनमा कीर्र्तिपुरको मोर्चा सम्हालेका थिए।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय