हिमाल दैनिक
भट्टराइको नाथे एउटा डिग्रीलाई किन गन्नु पर्यो प्रम ओलीले?
PM_Oli_LS7akGH.2e16d0ba.fill-650x500-2
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष बाबुराम भट्टराइको पिएचडीले कुनै काम नगरेको आरोप लगाएका छन्। नेकपाको पार्टी मुख्यालय धुम्रबाराहीमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भट्टराइप्रति लक्षित गर्दै भ्यागुताको बच्चीले गाईको बाच्छी देखेपछि आमालाई सुनाउँदा भुुँडी फुटेर मरेको कथा समेत सुनाउन भ्याए। उनले देशलाई चिन्ने, आन्दोलनलाई चिन्ने, पार्टीलाई चिन्ने मान्छे आत्मकेन्द्रित हुनु हुँदैन भन्दै पार्टी र देश केन्द्रित हुनु पर्ने बताए। प्रधानमन्त्री ओलीको भाषण यत्तिकैमा रोकिएन। उनले भने, ‘डिग्री हेर्न डिग्री, डिग्री। डिग्रीले क्रान्ति गर्ने होइन, निष्ठाले क्रान्ति गर्ने हो, दृष्टिकोणले क्रान्ति गर्ने हो।’ उनले डिग्रीले सम्हालीएर सदुपयोग गरियो भने राम्रै हुने तर दम्भ पाल्यो भने अनेक प्रकारका समस्या आउने बताए। भट्टराइप्रति थप व्यंग्य गर्दै उनले भने, नेपालमा पिएचडी गरेका थुप्रै छन् तर, मानिलिउँ एकजनाले मात्रै पिएचडी गरेजस्तो गरी डाक्टर, डाक्टर डाक्टर,’ भनेर व्यंग्य गर्दा उनीसँगै रहेका द्धितीय अध्यक्ष पुष्पकमल दाहाल मुस्कुराइरहेका थिए भने कार्यक्रम स्थलमा उपस्थित प्रधानमन्त्रीका समर्थकहरुमा हाँसोको फोहोरा छुटेको थियो। प्रधानमन्त्री ओलीले भारतको जेएनयुबाट कति वर्ष लगाएर एउटा विषयमा विद्यावारिधी गरेका भट्टराइको खिल्ली उडाउनु स्वभाविकै हो। किन भने, वर्षौ लगाएर घनघोटी बन्चरो गरी पढेर त जसले पनि डिग्री हाँसिल गर्न सक्दछ। प्रधानमन्त्री ओलीले जस्तो विद्यार्थी जीवनमा विश्वविद्यालयमा नै नटेकी जीवनको उत्तरार्धमा सत्तामा पुगेपछि नक्कली विश्वविद्यालयदेखि भारतको कृषि तथा प्रविधि विश्वविद्यालय, कोष्टारिका र कोरियाको धर्म प्रचारक संस्थाको रुपमा स्थापित क्रिस्चियन विश्वविद्यालयको नाममा आधा दर्जन मानार्थ डाक्टरको उपाधि लिन सके पो त्यो डिग्रीको महत्व हुन्छ होइन त प्रधानमन्त्री ज्यू। यसअघि बोल्ने क्रममा नेकपा द्धितीय अध्यक्ष दाहालले पनि भट्टराइको बौद्धिकता कम्युनिष्ट पार्टीमा नजोडिएसम्म त्यसको कुनै अर्थ नहुने धारणा राखेका थिए। जसको जवाफमा नेता भट्टराइले ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘दिपक मनांगे जस्ता ‘बौद्धिक’ भएको कमाउनिष्ट पार्टीमा अरु बौद्धिकहरुको पनि आवश्यक पर्छ र?’ Photo: Republica daily Photo: Spotlight Nepal [caption id="attachment_65666" align="alignnone" width="800"] Photo: RSS[/caption] https://www.facebook.com/himaldainik/videos/201887660752066/?t=5
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update