प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम देखेर केहि व्यक्तिहरु अत्तालिएको दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार, कृषिमा आधुनिकीकरण, जेष्ठ नागरिक विमा लगायतका कार्यक्रम सुरु गर्दा सरकार अझै सफल हुने भयो भनेर अत्ताल्लिन थालेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउनकै लागि आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको टिप्पणी गरे। संसदीय समितिको निर्णयप्रति असन्तुष्ट उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशनलाई अनधिकृतको संज्ञा दिए।
https://www.facebook.com/himaldainik/videos/201887660752066/?t=5
काठमाडौंमा मास्क लगाउन नपर्ने भनि दिएको अभिव्यक्तिको आलोचना हुन थालेपछि त्यसकाे बचाउ गर्दै उनले आफूले प्रधानमन्त्री भएको बेला काठमाडौंमा मास्क नलगाई हिड्नै नसक्ने अवस्था रहेको तर, अहिले त्यसमा सुधार आएको भनेको बताए। प्रधानमन्त्री ओलीले वामपन्थीहरुमा कुनै मतभेद नरहेको भन्दै अरुलाई पनि एकतामा आउन आग्रह गरे।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एउटै कम्युनिष्ट पार्टी बनाउने क्रममा पुराना कम्युनिष्ट नेतालाई मनाउन र फकाउन नसकेकोमा चिन्ता व्यक्त गरे।
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय