हिमाल दैनिक
प्रभावकारीरुपमा सेवा प्रवाह गर्न सभामुखको निर्देशन
sabhamukhmahara_himaldainik1
सभामुख कृष्णबहादुर महराले नागरिकलाई छिटोछरितो निष्पक्ष भई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । दाङका कार्यालय प्रमुखहरुलाई आज जिल्ला प्रशासन कार्यालयमा उनले जनताका कामलाई द्रुत गतिमा सम्पन्न गर्न र विकास निर्माणका कामलाई तीव्र गति दिन निर्देशन दिए । उनले भने, “तपाईंहरु कर्मचारी मानसिकताबाट माथि उठेर उत्कृष्ट सेवा प्रवाह गर्नुहोस्, काम गर्ने क्रममा समस्या भए म पहल गर्छु ।” त्यस अवसरमा जिल्लाको समग्र विकास निर्माणको अवस्था तथा शान्ति सुरक्षाका बारेमा प्रजिअ गोविन्दप्रसाद रिजालले सभामुख महरालाई जानकारी गराएका थिए । सभामुख महरा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाका सदस्य छन् । रासस
प्रकाशित मिति: मंगलबार, असार १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update