हिमाल दैनिक
सांसदहरुले सिमानामा खटिने प्रहरीलाई पनि अरु सरकारी कर्मचारीजस्तै शतप्रतिशत भत्ताको व्यवस्था गर्न प्रस्ताव गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको राज्य व्यवस्था समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनीहरुले सीमा सुरक्षा र सीमामा रहेका प्रहरीचौकीका प्रहरीलाई पनि भन्सारका कर्मचारीसरह शतप्रतिशत भत्ताको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् । सांसद जनार्दन शर्माले केही प्रदेशहरुको आर्थिक अवस्थाका कारण समायोजनमा जानेबित्तिकै प्रहरीको सेवा–सुविधा धान्न नसक्ने भएकाले केन्द्रले नै आर्थिक सहयोग गर्नुपर्ने तर्क गरे। नेककिपाका सांसद प्रेम सुवालले एउटै सरकारी कर्मचारीमाथि सेवा–सुविधामा भइरहेको विभेद अन्त्य गर्न माग गर्नुभयो । गृहसचिव प्रेमकुमार राईले समायोजनकोक्रममा व्यावहारिकतामामात्रै ध्यान दिँदा प्रहरीले गर्ने शान्ति–सुरक्षाको काममा बाधा पर्न नहुने बताए ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update