हिमाल दैनिक
एक चोटी कमिटमेन्ट गरिसकेपछि प्रकाशले काम गरेर छोड्थे: अध्यक्ष दाहाल
prachanda
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले स्व. प्रकाश दाहालले दिएको योगदान सामान्यतया पूरा गर्न सकिने खालको नभएको बताएका छन् । प्रकाश दाहाललको ३८ औं जन्मजयन्तीको अवसरमा स्व. प्रकाश दाहाल प्रतिष्ठानद्वारा सोमबार काठमाडौंमा आयोजित ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । प्रकाशले आइटीदेखि अन्य स्थानमा आफ्नो दोश्रो प्रधानमन्त्रीको कार्यकालमा देखाएको तिता मिठा अनुभव हेर्दा प्रकाशले पुरा उमेर बाँचेको जस्तो लागेको उनले बताए। प्रकाशमा कमिटमेन्ट गरिसकेपछि काम गरेरै छाड्ने स्वभावका कारण सगरमाथाको सफल आरोहण गरेको र पूर्ण जीवन बाँचेको जस्तो आफूले महशुस गरेको उनले बताए । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले जीवनसंगिनी सहित सगरमाथा पुगेर सफलता प्राप्त गर्नु सामान्य नभएको बताए । नेपालले सामान्य काम सबैले गर्ने भन्दै विशेष काम थोरैले मात्र गर्ने र त्यसमध्ये एक प्रकाश दाहाल भएको बताए। कार्यक्रममा अन्य दलका नेताहरुले स्वर्गीय प्रकाशको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बिभन्नि क्षेत्रका व्यक्तित्व, जनआन्दोलनका घाइते तथा सगरमाथा आरोहीहरुलाई नगदसहित सम्मान गरिएको थियो । [caption id="attachment_65325" align="alignnone" width="1800"] स्व. प्रकास दाहालको ३८ औं जन्म जयन्तिका अवसरमा प्रतिष्ठानद्धारा आयोजीत प्रकास दाहाल साहसिक सगरमाथा सम्मान २०७बmउस६ कार्यक्रममा प्रकास दाहालको तस्विरमा माल्यापर्ण गर्दै खानेपानी मन्त्री विना मगर । तस्बिर:प्रदीपराज वन्त[/caption]
प्रकाशित मिति: शनिबार, असार १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update