हिमाल दैनिक
मुलुकमा द्वन्द्व निम्तिने संखेत
purba samsad
पूर्व सांसदहरुले मुलुकमा हत्या, हिंसा बढ्दै गएकाले शान्ति भंग हुने खतरा बढ्दै गएको औल्याएका छन् । मंगलबार काठमाडौंमा पूर्व सांसद मञ्च नेपालको १९ औ साधरणसभामा पूर्व सांसदहरुले मुलुकमा राजनीतिक, धार्मिक, साँस्कृतिक द्वन्द्व निम्तिन सक्ने खतरा रहेको औल्याएका हुन् । संसदमा प्रस्तुत गरीएका सबै बिधेयक विवादमा परेका भन्दै उनीहरुले धर्म निरपेक्षतालाई संशोधन गर्नु पर्ने बताए । पूर्व सभामुख दमनाथ ढुंगानाले संविधानको रक्षा गर्नको दलहरुबीच एकता नदेखिएको बताए । पूर्व सांसद मञ्च नेपालका पुर्व अध्यक्ष तारानाथ रानाभाटले सरकारमा निरंकुश चरित्र हावी भएको भन्दै सबैलाई मिलाएर अगाडि बढ्न सुझाव दिए । कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले नेपालको राष्ट्रकोहितलाई मध्यनजर गर्दै सरकारको क्रियाकलापलाई अघि बढाउनुपर्ने बताए। उनले सरकारले जनतामा असन्तुष्टि नवनाइ आफ्नो काम गर्नुपर्ने पनि बताए । कार्यक्रममा अन्य पूर्व सांसदहरुले वर्तमान सांसद र पूर्व सांसदहरुबीचको समन्वय आवश्यक रहेको भन्दै अनुभव आदान प्रदानबाट मात्र समृद्ध नेपाल सम्भव हुने धारणा राखेका थिए ।
प्रकाशित मिति: शनिबार, असार १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update