हिमाल दैनिक
प्रम ओलीद्धारा नासपतीको विरुवा रोपेर बृक्षारोपणको शुभारम्भ
D-NEf9kUwAAaqXt
प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका छन्। सरकारले असार १४ लाई ‘राष्ट्रिय वृक्षारोपण दिवस’ घोषणा गर्दै वृक्षारोपण अभियान सुरु गर्ने निर्णय बमोजिम शनिबार प्रधानमन्त्री ओलीले उक्त कार्यक्रमको सुरुवात गरे। राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षरोपणको शुभारम्भ गरेका थिए। वृक्षरोपण गर्दै उहाँले यसबाट काठमाडौँ उपत्यकालाई हराभरा पार्न मद्दत पुग्ने बताए। प्रधानमन्त्री ओलीले स्वच्छ र हराभरा वातावरणका लागि वृक्षारोपण आवश्यक रहेको समेत बताए। उनले वातावरण विनाशबाट मानव संकट उत्पन्न हुने गरेको भन्दै वातावरण जोगाउन पनि वृक्षारोपणमा सरिक हुन आह्वान पनि गरे। तीन वर्षभित्र फलफूलका ३ करोड करोडसहित देशभर ५ करोडको हाराहारीमा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको जानकारी दिए। चालू आर्थिक वर्ष २०७५/७६ मा कोटेश्वरदेखि कलङ्कीसम्मको सडकखण्डमा ठाउँ ठाउँमा १० प्रकारका दुई हजार ७०० बिरुवा रोपण गरिने आयोजक वन तथा वातावरण मन्त्रालयले जनाएको छ। देशभर चालू आवमा असारे फूल, तेजपात, राजवृक्ष, पैँयु, कपुरलगायतका पाँच करोड बिरुवा रोपिने बताइएको छ। सरकारले सन् २०१८ को जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरुवा रोपण अभियान’ शुभारम्भ गरेको थियो।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update