हिमाल दैनिक
पुर्नवास घटनाका घाइते भेट्न वरिष्ठ नेता पौडेल न्यूरो अस्पतालमा
RC Poudel
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुर पुर्नवासमा नेकपा कार्यकर्ताहरुको आक्रमण परि घाइतेहरुलाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्। घाइतेमध्ये उपचारका लागि काठमाडौं ल्याइएका गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई राजधानीको न्युरो अस्पताल बाँसबारीमा पुगेर पौडेलले उनीहरुको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन। मङ्गलबार कञ्चनपुर पुर्नवासमा खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने क्रममा नेकपाका कार्यकर्ताहरुले कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरसचिव विक्रम चन्द, नेता हरेन्द्रसिंह बिष्टका साथै कार्यकर्ता कृष्णबहादुर चन्द र तरुण नेता राम खड्कामाथि आक्रमण गरेका थिए। पौडेलले घाइतेको उपचार र घटनाका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले लोकतन्त्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने जनताको नैसर्गिक हकको कत्ति पनि ख्याल नगरी सत्ताको उन्मादमा कांग्रेस कार्यकर्तामाथि आक्रमण गरिएको बताए। पौडेलले पुलिस प्रशासनको आडमा कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरि सरकारका मन्त्रीले गुण्डागर्दीको शैली अपनाएको आरोप पनि लगाए।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update