हिमाल दैनिक
सरकारको आगामी आर्थिक वर्षका लागि संघीय संसदमा पेश गरेको विनियोजन विधेयक प्रतिनिधि सभाको बहुमतले पारित गरेको छ। अर्थ मन्त्री युवराज खतिवडाले जेठ १५ गते संघिय संसदमा प्रस्तुत गरेको वार्षिक बजेट अन्तर्गत मन्त्रालयगत बजेट विनियोजनमाथि सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम मंगलबारसम्म छलफल चलाएका थिए। आजको बैठकमा स्वास्थ्य मन्त्रालय, पर्यटन, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय लगायत विभिन्न संवैधानिक निकायको बजेटमाथि सम्बन्धित मन्त्रीले जवाफ दिएपछि सभामुख कृष्णबहादुर महराले सरकारको विनियोजन विधेयक सदनसमक्ष निर्णयार्थ पेश गरेका थिए। जसलाई संसदको बहुमतले स्वीकृत गरेको थियो। यसअघि सभामुख महराले सरकारको मन्त्रालयगत विनियोजन विधेयकमाथि विभिन्न दलका सांसदहरुले राखेको खर्च कटौतिको प्रस्ताव फिर्ता लिन समय दिएका थिए। विपक्षी दलका सांसदहरुले आफ्नो प्रस्ताव फिर्ता नलिएपछि सदनको बहुमतले त्यी सबै प्रस्तावहरु अस्विकृत गरेको थियो।
प्रकाशित मिति: शनिबार, असार ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update