नपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले आन्दोलनरत नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग तत्काल वार्ताको माध्यमबाट शान्तिपूर्ण समाधानको लागि ढिलाई नगर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको सून्य समयमा बोल्दै सांसद बडु गृहमन्त्री रामबहादुर थापाले केहि दिनअघि संसदमा जानकारी दिने क्रममा आन्दोलनरत विप्लव समूहको हेडक्वाटरसहित चारवटा कम्पनी रहेकोे जानकारी दिएको भन्दै यो अवस्थामा सरकारले आन्दोलनरत पक्षसँग कुन रुपमा समाधानको बाटो खोज्दैछ भनि प्रश्न गरे।
वार्ता र सम्वादबाट यो पक्षलाई मूलप्रवाहमा ल्याउने र शान्ति प्रक्रियामा ल्याउन ढिलाइ भइरहेका आफूले महसुस गरेको पनि उनले बताए।
असार ५ गते सर्लाहीको लालबन्दीको जंगलमा दोेहोरो भिडन्तमा विप्लव समूहका कुमार पौडेल मारिएको विषयमा स्थानीय तह र छापामा आएअनुसार नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीले मारेको आरोपबारे छानविन गरी यथार्थ कुरा संसदलाई जानकारी गराउन पनि उनले माग गरे।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय