हिमाल दैनिक
पार्टीका अरिंगाल पाल्न स्वरोजगार कार्यक्रमको अनियमितता छानविन होस्ः रसाइली
Prakash rasaili
नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको व्यापक दुरुपयोग भएको भन्दै यसको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्। संसदको सोमबारको सून्य समयमा बोल्दै रसाइलीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आउँदै गर्दा नेपाली युवाहरुलाई प्रविधिसँग जोड्दै दक्ष जनशक्ति श्रृजना होला भन्ने लगोकोे भएपनि कार्यक्रम कार्यान्वयन तहमा पुग्दै गर्दा युवाहरुलाई पहेँलो ज्याकेट, टोपी र जुत्ता दिएर गाउँमा बाँदर धपाउने, नाली सफा गर्ने र भुस्याहा कुकुरहरु तह लगाउने कार्यक्रम दिइएको आरोप लगाए। यो कार्यक्रमको व्यापक दुरुपयोग भएको आरोप लगाउँदै उनले आफ्ना पार्टीका कार्यकर्ता पाल्ने कार्यक्रमका रुपमा रुपान्तरण भएको दाबी गरे। यसले विदेशमा रहेका नेपाली युवाहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको कस्तो आउला भनि चासो लिएपनि अहिले यो कार्यक्रम पार्टीका अरिंगाललाई पाल्ने कार्यक्रम मात्रै भएको आरोप लगाए।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update