हिमाल दैनिक
कांग्रेस नेता चौधरीले प्रम ओलीको नाम विगारेपछि नेकपाका रावलले पनि शेरबहादुरको नाम विगारे
Chaudhary Rawal Juhari
नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रतिनिधि सभामा बोल्ने क्रममा प्रयोग प्रधानमन्त्री केपी शर्मा ओलीको नाम विगारेपछि सत्तापक्षका सांसदले त्यसको प्रतिबाद गर्र्दै कांग्रेस सभापति शेरबहादुर देउवालको नाम पनि विगारेर बाचन गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा कांग्रेस नेता चौधरीले प्रधानमन्त्री ओलीको नाम अहिले ‘करप्रसाद’ र ‘झुटप्रसाद’ ओली भएको बताएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद झपटबहादुर रावलले नियमापत्ति गर्ने प्रयास गरेका थिए। तर, सभामुख कृष्णबहादुर महराले रावललाई पछि बोल्न दिने भन्दै विशेष समयमा बोल्ने सदस्यको नाम सकिएपछि रावललाई कुन कुरामा नियमापत्ति हो भनि सदनमा राख्न समय दिए। रावलले प्रधानमन्त्रीको नाम विगारेर सम्बोधन गरी गरेको भाषा र शैलीप्रति आपत्ति जनाउँदै हामीबाट जनताले के सिक्ने भन्ने प्रश्न गरे। यसरी आपत्ति जनाउने क्रममा उनले विपक्षी दलका सांसदको पदावली अभिलेखबाट हटाउन माग गर्दै गर्दा चौधरीले जस्तै नियमावली विपरितको पदावली प्रयोग गरे। उलने भने, ‘विपक्षी दलका सांसदले नियमावली विपरित प्रधानमन्त्रीको नाम बंग्याएर करप्रसाद, झुटप्रसाद भनेर नाम विगारेजस्तै हामीले पनि उहाँहरुका नेताहरुको नाम पनि शेरबहादुरको सट्टा ‘छेरबहादुर’ भने के हुन्छ?’ भन्दै चौधरीले प्रयोग गरेका शब्द हटाउन माग गरे। त्यसपछि सभामुख महराले रावलले उठाएको विषय गम्भिर भएको भन्दै यसबारे के गर्ने भन्नेबारे पछि निर्णय लिने जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update