नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले विदेशबाट पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाएर पुस्तक महंगो बनाउने सरकारी निर्णय प्रकारान्तरमा ज्ञानमाथिको नियन्त्रण गर्ने उद्देश्यले गरिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकको सून्य समयमा बोल्दै सांसद थापाले नयाँ बजेटले किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने व्यवस्थाले स्वदेशी मुद्रण उद्योगलाई फाइदा पुर्याउने तर्कमा कुनै दम नभएको दाबी गरे।
नेपाली प्रकाशकले अन्य मुलुकबाट छापेर ल्याउने किताबमा यसअघि नै लगाउँदै आएको १५ प्रतिशत भन्सारले कुनै बदलाब नल्याएनको बताउँदै घरेलु मुद्रण व्यवसायको हितको नै हो भने सरकारले अनेकन उपाय अपनाउने सक्ने उनले बताए।
किताब आयातको अंकले भन्छ राजस्व संकलनमा यसले टेवा पुर्याउनेमा त झनै दम छैन भन्दै थापाले भने, ‘त्यसैले यो कामको एउटै उद्देश्य देखिन्छ किताबलाई महंगो बनाउँदै किताबमा नियन्त्रण गर्नु प्रकारात्तरमा ज्ञानमा नियन्त्रण गर्नु हो।’
सरकारलाई व्यंग्यात्मक शैलीमा थापाले सरकारको यो निर्णयका बाबजूद पनि विदेशबाट आउने नेपालीले भन्सार नतिर्नेगरी धेरै किताबहरु लिएर आएभने सरकारको चाहना पूरा नहुन सक्ने बताए।
‘अतः सरकारलाई सुझाव दिन चाहन्छु, विदेशबाट आउने नेपालीले एक पटकमा कतिवटा पुस्तक ल्याउन पाउने कोटा तोकिदिनुहोस्। त्यसको अनुगमन गर्न विमानस्थल लगायतका ठाउँमा सुरक्षा जाँच कडा गर्नुहोस्। किताब बढी ल्याउनेलाई दण्डजरिवाना गराउनुहोस्। त्यसले पनि नेपालीले किताब नपढी नछाड्ने भए भने सरकार एक नागरिकले एकवर्षमा कतिवटा किताब पढ्न पाउने हो त्यसैको कोटा तोकिदिनुहोस्।’
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय