हिमाल दैनिक
सरकार चाहिने भन्दा नचाहिने विषयमा हात हालेर विवादित बन्दै गएको छः सिंह
prakashmansing_himaldainik
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बर्तमान सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानको भावना र मर्म अनुसार शासन सञ्चालन गर्न नसकेको आरोप लगाएका छन्। सर्लाहीको एक श्रद्धाञ्जली सभामा भागलिन बाराको सिमरा बिमानस्थल आइपुगेका सिंहले शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन्। उनले सरकार चाहिने भन्दा नचाहिने क्षेत्रमा हात हालेर विवादित हुँदैगएको बताउँदै संघिय सरकारले संविधानको मुल मर्म विपरित प्रदेश र स्थानीय तहको हक अधिकारमाथी हस्तक्षेप गरेकोले प्रदेश र स्थानीय तहलाई काम गर्न असजिलो बनाएको आरोप पनि लगाए। एक अर्को प्रसंङ्गमा गुठीको मुल मर्म र भावना विपरीत प्राधिकरण मार्फत जग्गा जमिनमा भूमाफिया र पार्टी कार्यकर्तालाई जथाभावी बाँढ्ने उद्देश्यले गुठी विधेयक ल्याएर सनातनदेखि शिष्ट र सभ्य रुपमा सञ्चालित समाजलाई बिथोल्न लागेको आरोप पनि उनले लगाए। सरकारको उक्त गलत कदमविरुद्ध कांग्रेसले सडकदेखि सदनसम्म आवाज उठाई गुठी विधेयक फिर्ता गरी खारेजी गर्न माग गरिरहेको उनले स्पष्ट पारे। उनले संसार भरि नैं विधिको शासनमा सरकार सँधै सत्ता पक्ष र संसद सँधै विपक्षको हुने बताउँदै विधि र प्रक्रिया अनुसर बोल्न खोज्दा संसदमा बन्देज लगाउनु आपत्तिजनक भएको पनि दाबी गरे। केही दिनअघि कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले बोेल्न समय माग्दा प्रधानमन्त्रीको जोडबलमा सभामुखले उनलाई बोल्न नदिएर सोझै प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई बोल्न दिएपछि कांग्रेसले सदन अवरुद्ध पारेको थियो।
प्रकाशित मिति: बुधबार, असार ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update