हिमाल दैनिक
गुठीले बालुवाटारको कुर्सी हल्लियो, प्रेस र मानव अधिकार विधेयकले सिंहदरबारको कुर्सी पनि हल्लिएलाः भुषाल
Pushpa Bhusal
नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले गुठी विधेयकले बालुवाटारको कुर्सी मात्रै हल्लाए पनि मिडिया काउन्सिल, सूचना प्रविधि र मानव अधिकार सम्बन्धी विधेयकले सिंहदरबारको कुर्सी हल्लाउन सक्ने चेतावनी सरकारलाई दिएकी छिन्। प्रतिनिधि सभाको सून्य समयमा बुधबार बोल्दै कांग्रेस नेतृ भुषालले लिच्छिवीकालदेखि चलिआएको परम्परामाथि प्रहार गर्नेगरी सरकारले ल्याएको गुठी विधेयकले बालुवाटारको कुर्सी हल्लिएपछि सरकारले उक्त विधेयक फिर्ता लिन बाध्य भएको बताइन्। ‘अब फेरि लोकतन्त्रको खम्बाको रुपमा रहेको मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक, मानव अधिकार आयोग सम्बन्धी विधेयक पनि फिर्ता लिन आग्रह गर्दछु। अन्यथा अब बालुवाटारको कुर्सीमात्र होइन, सिंहदरबारको कुर्सी पनि हल्लिन सक्दछ,’ उनले भनिन्।
प्रकाशित मिति: आइतबार, असार १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update