हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक देवप्रसाद गुरुङले भारतीय सुरक्षाकर्मीले अहिले पनि नेपाली भूमिका प्रवेश गरी नेपाली नागरिकहरुलाई धरपकड र गिरफ्तार गर्ने गरेको भन्दै तत्काल कुटनीतिक समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सून्य समयमा बोल्दै गुरुङले भने, ‘अस्ति नेपालगञ्ज नाकाबाट तीन जना भारतीय प्रहरी छिर्दै अछाममा गएर एउटा विवाह कार्यक्रमका नेपाली नागरिकलाई गिरफ्तार गर्न खोजेको घटना सार्वजनिक भएको छ।’ यसप्रकारका घटना पटक पटक घट्दै आएको बताउँदै उनले यस्ता गतिविधि नियन्त्रणका लागि कुटनीतिक तहबाट अविलम्ब वार्ता गरी समाधान खोज्न माग पनि माग गरे। साथै उनले प्रमुख प्रतिपक्षी दलले सदनभित्र प्रधानमन्त्रीलाई बोल्न नदिएर गलत संसदीय अभ्यास र प्रचलनको थालनी गरेको आरोप लगाए।
प्रकाशित मिति: आइतबार, असार १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update