नेपाली कांग्रेसकी सांसद डिला संग्रौला (पन्त)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न युरोप भ्रमण कार्यकारी अधिकार नभएकी बेलायती प्रधानमन्त्री र सम्राटसँग फोटो खिचाउने बाहेक अरु कुरामा उपलब्धीमूलक नभएको दाबी गरेकी छिन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सून्य समयमा बोल्दै संग्रोलाले प्रधानमन्त्री जम्मो टोली लिएर एकहप्ताको युरोप भ्रमण गरी फर्किँदा नेपालका लागि के ल्याउनु भयो भनि प्रश्न गरिन।
‘भेटघाटको क्रममा महत्वपूर्ण उपलब्धीमूलक वार्ताहरु किन भएनन्? विदेशी सञ्चार माध्यमलाई अन्र्तवार्तामा हल्का रुपमा किन प्रस्तुत हुनु भयो? बेलायतमा कार्यकारी अधिकार नभएका प्रधानमन्त्री र सम्राटसँग फोटो खिच्ने बाहेक कुनै उपलब्ध िभएन। प्रधानमन्त्रीले के ल्याउनु भयो?,’ उनले भनिन्।
प्रकाशित मिति: आइतबार, असार १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय