हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले आफूहरुले जनताका जायज मागको विषयमा सदनभित्र कुरा राख्न खोज्दा सभामुखले समय नदिएर संसदीय मर्यादा विपरित सदन चलाउन जबरजस्ती गरेपछि बाध्य भएर विरोधमा उत्रनु परेको स्पष्टिकरण दिएका छन्। मंगलबार संसद अवरुद्धपछि संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दे प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका देउवाले सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न नदिई प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्ने अनुमति दिएपछि आफूहरुले संसदीय मर्यादा कायम राख्न माग गर्दै विरोध जनाएको बताए। प्रधानमन्त्रीले बोल्ने मात्नर भई जनताका चासाेबारे विपक्षीले साेधेका प्रश्नकाे जवाफ दिनु पर्ने भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संसदीय अभ्यास र परम्परालाई आफूहरुले पछ्याउन खोजेको उनको दाबी छ। संसदीय अभ्यास र परम्परा अनुसार, संसद भनेको विपक्षीको र सरकार सत्तापक्षको हुने प्रचलन अनुसार सभामुखले विपक्षीले चाहेको समयमा बोल्ने प्राथमिकता दिनु पर्नेमा उनले जोड दिए। त्यस्तै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखले नै प्रधानमन्त्रीलाई बोल्न समय उपलव्ध गराउँदा पनि बोल्न नदिनु उचित नभएको तर्क गरे। त्यस्तै राजपाका नेता लक्ष्मण लाल कर्णले प्रतिपक्षले अवरोध गर्दा पनि सभामुखले प्रतिपक्षीको कुरा नसुनेका कारण संसद अवरुद्ध हुन पुगेको भन्दै आजको बैठक अबरोध हुनुमा सभामुखको व्यवस्थापकिय कमजोरी रहेको बताए। उनले संसदीय मर्यादा अनुसार सदन चलाउन सभामुखको ध्यानाकर्षण पनि गराए।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update