हिमाल दैनिक
देउवालाई बोल्न नदिएपछि ओलीले पनि संसदमा बोल्न पाएननन्
PM OLi
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई संसदमा बोल्न नदिएपछि प्रतिनिधि सभाको मंगलबारको बैठक अवरुद्ध भएको छ। गुठी विधेयक लगायतका समसामयिक महत्वपूर्ण विषयमा पहिले विपक्षी दलका नेता सभापति देउवालाई बोल्न समय दिन सभामुख कृष्णबहादुर महरासँग कांग्रेसले गरेको आग्रह उनले अस्विकार गरेपछि आजको बैठक विपक्षीले अवरोध गरे। झण्डै एकघढटा ढिलो गरी सुरु भएको बैठकको सुरुमा नै विपक्षी दलका सांसदहरु उभिएर विरोध जनाउँदै समय माग गरेका थिए। तर, सभामुख महराले विपक्षीको आग्रह लत्याउँदै आज पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले जरुरी सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने बताउँदै बस्न आग्रह गरे। त्यसपछि प्रधानमन्त्री ओली आफ्नो युरोप भ्रमणको विषयमा जानकारी दिन फाइल लिएर रोष्ट्रममा पुगेपछि विपक्षी दलका सांसदहरु नारावाजी गर्दै वेल घराउ गर्न पुगे। उनीहरुले पहिले विपक्षी दलको नेताले बोल्न समय पाउनु पर्ने माग गर्दै संसदीय मर्यादा कायम गर्न माग गरे। सभामुखले पटक पटक आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरुले अवरोध जारी राखेपछि प्रधानमन्त्री ओली करिब ८ मिनेटसम्म रोष्ट्रममा उभिएर पर्खिन बाध्य भए। सभामुख महराले पहिले प्रधानमन्त्रीका कुरा सुनौँ त्यसपछि म तपाईहरुलाई समय दिन्छु भन्दा सत्तापक्षका सांसदले तालि पिटेर समर्थन जनाएका थिए। त्यसपछि सभामुख महराले बैठक स्थगित गर्दै अर्को बैठक असार ४ गते बुधबार ११ बजे बस्ने जानकारी दिए। त्यसपछि प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी दिन नपाएर लुरुलुरु फर्किए।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update