प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधि सभा बैठक अबरोध गरेको छ।
आजको बैठकमा पनि गुठी विधेयकबारे दलको नेता तथा सभापति शेरबहादुर देउवाले पहिला बोल्न समय माग्दा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युरोप भ्रमणबारे जरुरी सार्वजनिक महत्वको विषयमा बोल्न समय दिने बताउँदै देउवालाई बोल्न नदिएपछि कांग्रेसले सदन अवरोध गरेको हो।
बैठक बस्नु अघि विपक्षी दलका नेताहरुले आफ्नो दलको नेता सभापति देउवाले केही अति महत्पूर्ण विषयमा धारणा राखेपछि मात्रै प्रधानमन्त्रीलाई बोल्ने समय मिलाउन आग्रह गरेका थिए।
तर, सभामुख महराले समय दिन नमानेपछि विपक्षीले सभामुख महराको सदन संचालनको शैलिप्रति आपत्ति जनाउँदै उभिएर नारावाजी गर्दै अवरोध खडा गरेको हो।
https://www.facebook.com/himaldainik/videos/362052557785926/
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय