![महामन्त्री कोइरालाले भनेः ओली सरकार केन्द्रिकृत शासनमा जाँदैछ](https://himaldainik.com/wp-content/uploads/2019/06/Shashanka-Koirala-1-e1560775114181.jpg)
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए।
प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट छुट्याइनुले सरकार केन्द्रिकृत शासनतर्फ जान लागिरहेको प्रमाणित हुँदै गएको बताए।
‘सरकारले दुई तिहाईको दम्भ पालिरहेको छ,’ कोइरालाले भने, ‘यसले जनविरोधी गतिविधि गरिरहेको छ।’ जनताको भावना विपरित भइरहेका सरकारको गतिविधिविरुद्ध नेपाली काँग्रेस सशक्त रुपमा प्रस्तुत हुने बताए।
ओली सरकारले शक्ति केन्द्रिकृत गरी तानाशाही बन्न खोजिरहेको आरोप लगाए। शक्तिशाली हुने महत्वाकांक्षाका कारण सरकारले सक्ने काम पनि नगरिरहेको बताए।
कोइरालाले बैदिक राष्ट्रगानबाट आरम्भ गरिएको पुस्तकबाट आध्यात्मक बिन्दुको प्रारम्भ भइ सबैमा आध्यात्मक चिन्ता ल्याउने आशा व्यक्त गरे।
काँग्रेसको आउदो महाधिवेसनमा बिपिको बिचारलाई आत्मसात गर्दे जान आवश्यक रहेको बताए। नेपाली राजनितिको ठुलो शक्ति भएकाले नेपाली काँग्रेसले नै देशलाई सही मार्गमा लाने बताए।
नेपाल संस्कृतिक विश्वविदालयका प्राध्यापक डा. कुलप्रसाद कोइरालाले धर्म र संस्कृतिको रक्षा नभए देशमा संकट आउनसक्ने बताए।
अहिले धर्म संस्कृतिमाथि चौतर्फी प्रहार भइरहेकाले त्यसप्रति सबै सचेत र सजग हुनुपर्नेमा जोड दिए। कोइरालाले पुस्तकले सनातन धर्मको महत्व प्रकाश पारेको बताए।
कृतिकार हरिशरण उपाध्यायले संसदले धर्मको व्याख्या गर्ने विषय नभएको बताए। धर्मको व्याख्या संसदले गर्नु लाजमर्दो विषय भएको बताए।
आफु भारतमा रहेर पनि देश प्रतिको चिन्ता एवं देश भक्ति र हिन्दु धर्मको प्रभुत्वको कारण यो पुस्तक प्रकाशन गरेको जानकारी गराए।
अहिलेको समय युुवाको हातमा रहको बताउँदै युवाबाट थुप्रै आशा रहेको बताए। उनले भने, ‘अहिलेका नेताहरुमा सदबुद्धि र धर्म प्रतिको आस्था पलाउँदै जाओस् ।’ धर्म रहे सबै नेपालीको अस्तित्व रहनेमा सबैको ध्यान केन्द्रित हुन आवश्यक रहेको बताए।
प्राध्यापक मुकुन्द शरण उपाध्यायले नेपालमा हिन्दुको अस्तित्व हुन आवश्यक रहेको बताए। हिन्दु धर्मको उदय नेपालबाटै भएको जनाउदै जनसंख्याको आधारबाट नभएर सबैै ग्रन्थहरु पल्टाएर हेर्न आवश्यक रहको बताए। बिमोचित पुस्तकले हिन्दु धर्मको महत्वमा जोड दिएको जानकारी गराए।
बिमोचित पुस्तकको समिक्षा विश्लेषक उद्धव सिग्देल र आलोक लम्सालले थिए। दुवैले पुस्तकले विगत र वर्तमानको गहिरो विश्लेषण गर्दै भविष्यको मार्गदर्शन गरेको बताए।
त्रिवेणी साहित्य परिषद् नवलपुरले प्रकाशन गरेको पुस्तक १७५ पृष्ठको छ। पुस्तकका लेखक प्राध्यापक हरिशरण उपाध्याय स्याङ्जामा जन्मिएर भारतका विभिन्न विश्वविद्यालयमा प्राध्यापनमा सक्रिय रहे। उनका संस्कृति र नेपाली भाषामा नौं वटा पुस्तक प्रकाशित भइसकेका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय