हिमाल दैनिक
होली वाइनको अभिषेक स्थापना गर्न नेपालको मौलिक गुठी संस्कृति मास्न पाइँदैनः बडु
Dilendra Prasad Badu
नेपाली कांग्रेसले विवादित गुठी सम्बन्धी विधेयक तत्काल फिर्ता लिएर सरोकारवालासँग वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ। सोमबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमा नै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध जनाउँदै विशेष समय लिएर नेता दिलेन्द्रप्रसाद बडुले नेपाल र नेपालीको मौलिक संस्कृति, परम्परा र पहिचानलाई समाप्त पार्ने विधेयक तत्काल उक्त विधेयक फिर्ता लिएर वार्ता र सम्वादको माध्यमबाट समस्या समाधानको माग गरे। अन्यथा यसबाट उत्पन्न हुन सक्ने परिणामप्रति सरकार स्वयं जिम्मेवार हुने चेतावनी उनले दिए। नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई बहुमतको सरकारले नेपालको मौलिक तथा धार्मिक, सांस्कृतिक पहिचान समाप्त पार्ने गरी ल्याएको गुठी विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा उठीरहेको आन्दोलन जायज भएको भन्दै त्यसमा आफ्नो पार्टीको समर्थन रहेको पनि उनले बताए। ‘नेकपाको दुई तिहाइको सरकारले नेपाली समाजको गौरवपूर्ण मौलिक संस्कृति र पहिचानलाई समाप्त गर्ने र होली वाइनको अभिषेकको संस्कृतिलाई प्रतिस्थापन गर्ने सर्वथा गलत र आत्मघाती बाटोमा किन उद्दत हुँदैछ?,’ बडुले प्रश्न गर्दै भने। सरकारका प्रधानमन्त्रीले विधेयकको बारेमा सोचिने छ र विचार गरिने छ भन्ने तर, सरकारकै प्रवक्ताले सामान्ती अवशेष समाप्त पारी छाड्ने भन्ने अभिव्यक्ति सरकारले दोहोरो चरित्र देखाएको आरोप उनले लगाए। नेपालको संविधान अन्तर्गत मौलिक हकको धारा २६ को उपधारा २ ले प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी संचालनको हक दिएको भए पनि सरकारले विधेयकमा प्राधिकरण गठन गरी गुठीको दायित्व समाप्त हुने कुरा स्वीकार्य हुन नसक्ने उनले बताए नेपालमा गुठीको इतिहास अत्यन्त पुरानो र मौलिक भएको बताउँदै गुठीमा सरकारको नभई समुदायको स्वव्यवस्थापन र स्वनियमनमा विकसित गरेको बताउँदै यसको सफल सञ्चालन स्वदेशी र विदेशी अनुसन्धानकर्ता, संस्कृतिविद् र समाजशास्त्रीका लागि पनि उदाहरणीय भएको बताए। गुठी नेपालको मौलिक पहिचान र विविधतालाई समाप्त गर्न नपाइने दाबी उनले गरे। उनले विधेयक तत्काल फिर्ता माग गर्दै सरकारले जनताको आन्दोलन देख्न, उनीहरुको आवाज सुन्न मात्र नसेकेको होइन, यसको मर्म र गहिराइलाई बुझ्न नचाहेको आरोप पनि लगाए। https://www.facebook.com/himaldainik/videos/323657341915277/
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update