नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरि ढंगले चलाउन खोजेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा उनले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरि ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाएका हुन् ।
बिभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र बिधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने उनले बताए।
ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेको गुटलाई प्रश्रय दिएको उनले जिकिर गरे । खनालले ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप समेत लगाए । उनले संसद बिघटन गर्ने असंवैधानिक कदमका कारण मुलुक अस्थीरताको भूमरिमा फसेको तर्क गरे ।।
कार्यक्रममा खनालले आफु पक्षिय युवा संघ नेपालका पदाधिकारीलाई सपथ गराएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय