हिमाल दैनिक
केपीले विधि पद्धतीको हत्या गर्न लागेपछि विद्रोहको झन्डा कसले उठायो?
pushpa-kamal-dahal-prachanda
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आफूले विद्रोहको झण्डा उचालेको बताएका छन् । आइतबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी भित्र विधि र पद्धती बचाउन नेकपा भित्र आफुले विद्रोह गरेको बताएका हुन् । उनले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्र केपी शर्मा ओली भएको आरोप लगाए । प्रधानमन्त्री केपी ओली पहाडिया उच्च जातीय अहंकारवादको प्रतिनिधि, विदेशीका अगाडि राम्रै लम्पसार पर्ने पात्र भएको आरोप लगाउदै अध्यक्ष प्रचण्डले केपी ओली विदेशीले हुर्काएको पात्र भएको जिकिर गरे । संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने पक्ष आफूसधै लागि रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update