हिमाल दैनिक
माओवादी र एमालेको डिस्‍नअरीमा नैतिकता भन्‍ने शब्द नै छैन कि क्या हो? सिंह
prakash-man-singh (2)
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई छिटो भन्दा छिटो पदबाट हटाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पार्टी प्रदेश कार्यक्रममा अलोकतान्त्रीक र असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनुपर्ने बताएका हुन् । उनले मुलुकमा देखिएको अस्थीरता र अन्यौलता चिर्न कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । कांग्रेसको एकल बलमा केपी ओली नेतृत्वको सरकार हटाउन सहज नभएको उनले सरकारका बिषयमा माओवादी आफ्नो स्पष्ट धारणा ल्याउनुपर्ने जिकिर गरे । उनले नेपाली राजनीतिमा नैतिकताको खाँचो रहेको भन्दै कम्युनिष्टमा नैतिकता भन्ने चिज नरहेको बताए । कार्यक्रममा बिभिन्न दल आवद्ध कार्यकर्तालाई नेता सिंहले कांग्रेस प्रवेश गराएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update