हिमाल दैनिक
बंगलादेश, नेपाल र किर्गिस्तान त्रिदेशीय खेलको प्रत्यक्ष प्रशारण एनटीभीमा हुने
three-nation-cup
बंगलादेश, नेपाल र किर्गिस्तान सम्मीलित त्रिदेशीय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनमार्फत हुने भएको छ । एनटीभीसँग पहिल्यै ६ अन्तराष्ट्रिय खेलको प्रत्यक्ष प्रशारणका लागि सम्झौता भैसकेको तर कोरोनाका कारण कुनै खेल नभएकाले पुरानै सम्झौता अनुरुप त्रिदेशीय खेलको प्रशारण एनटीभीले गर्ने एन्फाले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । एन्फाले एनटीभिसँग ६ खेलका लागि ३५ लाखमा सम्झौता गरेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । यस्तै त्रिदेशिय फुटबल प्रतियोगिताका लागि एन्फाले तोकेको टिकट मुल्य महँगो भएको भन्ने दर्शकको प्रतिक्रियाबारे सोधिएको सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उमले फुटबललाई व्यवसायिक बनाउनका लागि टिकट मुल्यमा वृद्धि गर्नुपर्ने बताए । साथै उमले दर्शकहरुलाई अहिले महँगो लागेको टिकट मुल्य निरन्तर खेलहरु हैर्दै गएपछि सस्तो लाग्दै जाने बताए । साथै लिगको सम्पुर्ण तयारी पुरा भएको र बाँकि कामहरु केही दिनमै सकिने पनि उनले बताए । खेल चैत १० गतेबाट हुनेछ भने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश भिड्नेछन् । यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेडिकल पार्टनरको रुपमा नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । एन्फाको स्वास्थ्य विभाग प्रमुख निरज खड्की र अस्पतालका महाप्रबन्धक विजय रिमालले सम्झौतमा हस्ताक्षर गरे ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update