'इटालियन सिरि ए' को साविक विजेता युभेन्ट्स पराजित भएको छ। गएराती घरेलु मैदानमा भएको खेलमा युभेन्टस बेनेभेन्टोसँग १–० ले पराजित भएको हो ।
पहिलो हाफमा युभेन्ट्सले पेनाल्टी अपील गरेको थियो तर रेफ्रीले भिएआर रिभ्यू हेरे पेनाल्टी दिएनन्। पहिलो हाफ गोल रहित बराबरीमा खेलेको युभेन्टस दोश्रो हाफको ६९ औं मिनेटमा बेनेभेन्टोको तर्फबाट एडोल्फो गाइचलेले गरेको गोल नै यस ख्येल्को निर्णायक गोल बन्न पुग्यो।
यससंगै दशौं पटक लगातार इटालियन सिरी ‘ए’ को उपाधि जित्ने युभेन्टसलाई यस हारसंगै गम्भीर धक्का लागेको छ। लिगको तेस्रो स्थानमा रहेको युभेन्ट्स शीर्ष टिम इन्टर मिलानभन्दा १० अंकले रहेको छ । २७ खेल खेलेको लिग लिडर इन्टरले ६५ अंक बटुलेको छ भने दोस्रो स्थानमा ५६ अंक सहित एसी मिलान रहेको छ। युभेन्ट्सको भने ५५ अंक छ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्