बार्सिलोनाका स्टार खेलाडी लिओनल मेसीले अर्को किर्तिमान राखेका छन्। मेस्सीले बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाएका हुन्। हिजो ला लिगामा रियल सोसिडाडसंग भएको खेल बार्सिलोनाका तर्फबाट मेस्सीको ७६८औं खेल हो जसमा उनले ब्यतिगत दुई गोल गरेका थिए।
मेस्सीले पूर्व मिडफिल्डर जाभीको कीर्तिमान ७६७ खेलको रेकर्ड तोडेका हुन्। सन् २००४ मा मेस्सीले बार्सिलोनाबाट डेब्यू गरेका थिए। ३३ बर्षिय मेसीले १७ वर्षमा बार्सिलोनाका लगि ६६३ गोल गरिसकेका छन्। स्पेनिस ला लिगमा मेस्सी सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन्। ला लिगामा उनिपछि सबैभन्दा बढी गोल क्रिष्टियानो रोनाल्डोले (३११) गरेका छन्।
मेस्सीले बार्सिलोनाबाट पटक ला लिगाको उपाधि, चारपटक युरोपियन च्याम्पियन्स लिग गरेर कुल ३४ ट्रफी उचाली सकेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्